माथिल्लो त्रिशूली ३‘ए’ उद्धार अपडेट: एक शव फेला
भदौ १० को बाढीपछि माथिल्लो त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार कार्य जारी छ। शुक्रबार बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो। अहिले पुनः सुरुङभित्र एउटा शव फेला परेको उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले बताएका छन्। उनी सुरुङ भित्रैसम्म पुगेर फर्किएका हुन्। उनका अनुसार एउटा शव देखिएको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







